Lite Nepal

सोमबार, आश्विन १२, २०७७

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मुलुकमै सबैभन्दा सस्तोमा पीसीआर परीक्षण सुरु गरेको छ । कोरोना भाइरस शंकास्पदको स्वाब परीक्षण नोबेलले सोमबारबाट थालेको हो ।

प्रति व्यक्ति एक हजार पाँच सय ५० रुपैयाँ लिएर स्वाब परीक्षण गर्न थालिएको अस्पतालले जनाएको छ । विभिन्न प्रयोगशालामा स्वाबको चाप बढेर पीसीआर रिपोर्ट आउन ढिलाई भइरहेका बेला नोबेलले सस्तो मूल्यमा परीक्षण थालेको हो ।

अस्पतालका सञ्चालक डा। सुनिल शर्माले एक महिनाअघि नै तयारी अवस्थामा राखिएको प्रयोगशालाबाट सोमबारदेखि पीसीआर परीक्षण हुन थालेको जानकारी दिए । सरकारले ढिलो गरेर आइतबारमात्रै परीक्षणको अनुमति दिएपछि भोलिपल्टबाटै काम थालिएको उनको भनाइ छ ।

 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षणको अनुमति आएसँगै मुलुकमै सस्तो मूल्यमा पीसीआर परीक्षण हुन थालेको जानकारी शर्माले दिए । उनका अनुसार दुईवटा अत्याधुनिक अमेरिकन पीसीआर मेसिनबाट स्वाबको परीक्षण थालिएको छ ।

सुरक्षाका हिसाबले अस्पतालमा कोरोनाका लागि भिन्दै प्रयोगशाला बनाइएको उनको भनाइ छ । नोबेलको प्रयोगशालाबाट दैनिक दुई हजार स्वाबको परीक्षण हुने जानकारी शर्माले दिए ।

नोबेलका बरिष्ठ ल्याब अधिकृत गणेशकुमार सिंह चारदेखि छ घण्टाभित्रै पीसीआर परीक्षणको रिपोर्ट सम्बन्धितलाई उपलब्ध गराइने बताए । उनका अनुसार प्रति व्यक्ति एक हजार पाँच सय ५० रुपैयाँ लिएर मुलुकमै सबैभन्दा सस्तोमा पीसीआर परीक्षण थालिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा