Lite Nepal

आइतबार, आश्विन १८, २०७७

विराटनगर । प्रदेश १ मा आइतबार १७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८७, सुनसरीमा ६४, झापामा १८, खोटाङमा ५, उदयपुरमा १ र प्रदेश ४ बाहिरका जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसारमा विराटनगरमा ६९ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २६ महिला र ४३ पुरुष छन् । मोरङको कानेपोखरीमा २ महिला ८ पुरुष, कटहरीमा १ महिला १ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, धनपालथान, सुन्दरहरैचा, सुनबर्षी र जहदामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यता सुनसरीको इटहरीमा १९ महिला र २२ पुरुष, इनरुवामा ६ महिला ८ पुरुष, बर्जुमा २ महिला २ पुरुष, देवानगञ्जमा १ महिला र स्थानीय तह नखुलेका २ महिला २ पुरुष, झापाको विर्तामोडमा ३ महिला ७ पुरुष, दमकमा २ महिला ५ पुरुष, कनकाईमा १ पुरुष, खोटाङको जन्तेढुङ्गामा २ महिला २ पुरुष, स्थानीय तह नखुलेका १ महिला, उदयपुरको कटारीमा १ पुरुष र प्रदेश १ बाहिरका ४ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ । प्रदेश १ मा आइतबार ३६३ जना डिस्चार्ज भएका छन् ।

होम आईसोलेसनबाट ३४६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८, मेची अस्पतालबाट ७, विराट मेडिकल कलेजबाट २ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ८८ पुगेको छ ।

प्रदेश १ मा आज ६६६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६८ महिला र १११ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख २७ हजार ५५६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा