Lite Nepal

मंगलबार, आश्विन २०, २०७७

विराटनगर । प्रदेश १ मा मंगलबार ३३० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो ।

मोरङमा २१०, सुनसरीमा ९१, झापामा १७, संखुवासभामा ३, उदयपुरमा २, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १५० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६९ महिला र ८१ पुरुष छन् ।

मोरङको सुन्दरहरैचामा १३ महिला ८ पुरुष, कटहरीमा ७ महिला १२ पुरुष, बुढीगंगामा १ महिला ४ पुरुष, रंगेलीमा १ महिला २ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, रतुवामाईमा ३ पुरुष, जहदा, कानेपोखरी र पथरीशनिश्चरेमा १–१ पुरुष र स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा २८ महिला २६ पुरुष, इटहरीमा ६ महिला १२ पुरुष, इनरुवामा १ महिला ४ पुरुष, रामधुनीमा २ महिला २ पुरुष, बर्जुमा १ महिला ३ पुरुष, दुहवी, भोक्राहानरसिंह र बराहक्षेत्रमा १–१ पुरुष, स्थानीय तह नखुलेकमा १ महिला २ पुरुष, झापाको भद्रपुरमा १ महिला ५ पुरुष, विर्तामोड र दमकमा ३–३ पुरुष, हल्दिबारीमा २ पुरुष, बा¥हदशी, अर्जुनधारा, बुद्धशान्तिमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

त्यसैगरि संखुवासभाको खाँदबारीमा २ र चैनपुरमा १ पुरुष, उदयपुरको त्रियुगामा २ पुरुष, धनकुटा र खोटाङको दिक्तेलमा १–१ पुरुष र प्रदेश १ बाहिरका २ महिला ३ पुरुषमा स.क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ हजार १०५ पुगेको छ । प्रदेश १ मा मंगलबार ३२ जना डिस्चार्ज भएका छन् ।

जिल्ला अस्पताल संखुवासभाबाट ३०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ हजार १२२ पुगेको छ ।

प्रदेश १ मा मंगलबार ६६६ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएका मध्ये १३५ पुरुष र १९५ महिला रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म १ लाख २७ हजार ५५६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा