Lite Nepal

बुधबार, आश्विन २१, २०७७

विराटनगर । मोरङमा रहेको आरती स्ट्रिप्स उद्योगका इलेक्ट्रिसियनको क्रेनबाट झरेर मृत्यु भएको छ ।

बूढीगंगा गाउँपालिका–१ मा रहेको उद्येगमा विद्युत प्राविधिक विराटनगर महानगरपालिका–८ मधुमाराका ४० वर्षीय अशोक चौधरीको मृत्यु भएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार विद्युतको प्रयोग गरेर उद्योगको सामान बोक्ने क्रेन मर्मत गर्ने क्रममा लगभग दुई तलामाथिबाट खसेर बिहान ११ः४५ बजेतिर चौधरी गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा दिउँसो ३ बजेतिर मृत्यु भएको हो ।

उद्योगको इलेक्ट्रिकल डिपार्टमेन्टमा कार्यरत चौधरी विद्युतको मर्मत र सप्लाई सम्बन्धी काम गर्दै आएका प्राविधिक हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा