Lite Nepal

बुधबार, आश्विन २१, २०७७

विराटनगर । मोरङमा रहेको आरती स्ट्रिप्स उद्योगका इलेक्ट्रिसियनको क्रेनबाट झरेर मृत्यु भएको छ ।

बूढीगंगा गाउँपालिका–१ मा रहेको उद्येगमा विद्युत प्राविधिक विराटनगर महानगरपालिका–८ मधुमाराका ४० वर्षीय अशोक चौधरीको मृत्यु भएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार विद्युतको प्रयोग गरेर उद्योगको सामान बोक्ने क्रेन मर्मत गर्ने क्रममा लगभग दुई तलामाथिबाट खसेर बिहान ११ः४५ बजेतिर चौधरी गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा दिउँसो ३ बजेतिर मृत्यु भएको हो ।

उद्योगको इलेक्ट्रिकल डिपार्टमेन्टमा कार्यरत चौधरी विद्युतको मर्मत र सप्लाई सम्बन्धी काम गर्दै आएका प्राविधिक हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं