Lite Nepal

शनिबार, कार्तिक ०१, २०७७

संखुवासभा । संखुवासभामा शनिबार पहिलो पटक कोरोना संक्रमितको घरैमा मृत्यु भएको छ। धर्मदेवि नगरपालिकाका–३ का ७९ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ।

उनको कारोना भाइरसका कारण शनिबार दिउँसो मृत्यु भएको स्वास्थ्य प्रमुख रमेश बाह्रकोटीले जानकारी दिए। बिराटनगरबाट घर फर्किएका उनका छोरालाई संक्रमण देखिएपछि बुबाको पनि गत असोज २८ गते पीसीआर परीक्षण गरिएको थियो।

बिहीबार आएको रिर्पोटमा पौडेलको रिर्पोट पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमण देखिएपछि एम्बुलेन्स उनको घरमा गए पनि उनी आइसोलेसनमा जान मानेका थिएनन्।

जिल्लामा हालसम्म १ सय १५ जनामा कोरोना संक्रमण देखिएको छ। हालसम्म ८१ जना निको भएर घर फर्किसकेका छन्। संक्रमित खाँदबारीको आइसोलेसनमा रहेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं