Lite Nepal

सोमबार, आश्विन १२, २०८३

विराटनगर । विराटनगर बसपार्क क्षेत्रमा अस्वाभाविक गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले १७ जना युवतीलाई नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक (डिएसपी)  लोकेन्द्रबहादुर सिंह गुरुङको कमान्डमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो बसपार्क क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कविता कटवालका अनुसार नियन्त्रणमा लिइएका ती युवती लागु औषध सेवन गर्ने गरेको र बसपार्क क्षेत्रमा बस्ने तथा उनीहरूले गर्ने व्यवहारसमेत उपयुक्त नरहेको पाइएको थियो। उनले भने,’ पारी ( जोगबनी ) जाने लागु औषध सेवन गर्ने, बसपार्कमा बस्ने र अमर्यादित व्यवहार गर्ने गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिएर सम्झाइ बुझाइ गरिरहेका छौँ ।’

प्रहरीले उनीहरूलाई लागु औषध सेवन नगर्न तथा बसपार्क क्षेत्रमा मर्यादित रूपमा  बस्न सम्झाई बुझाइ गरेको एसपी कटवालले बताए।  प्रहरीका अनुसार बसपार्क क्षेत्रमा यात्रु तथा सर्वसाधारणलाई असहज हुने गतिविधि हुन नदिन निगरानी बढाइएको छ।

प्रहरीले आगामी दिनमा पनि त्यस्ता गतिविधिमाथि निगरानी र आवश्यक कारबाहीलाई निरन्तरता दिने जनाएको छ। भने, नियन्त्रणमा लिइएको ती युवतीहरूलाई सम्झाइ बुझाइ गरेर छोड्ने एसपी कटवालले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं