भारतमै थियो सवारी, भन्सारका कर्मचारीले देखाए नेपाल प्रवेशको पुरानै बक्यौदा

नेपाली भन्सारका कर्मचारीको लापरबाहीले भारतीय नागरिक समस्यामा

Lite Nepal

सोमबार, आश्विन १२, २०८३

विराटनगर । विराटनगर स्थित नेपाली भन्सारका कर्मचारीको लापरबाहीका कारण आफूले दुःख पाएको भन्दै भारत बिहारका नागरिक राहुल मलिकले छानविनको माग गरेका छन् ।

केही दिन अघि विराटनगर भन्सार नाका हुँदै नेपाल प्रदेश गरेर इलाम सम्म पुगेर फर्किएका मलिकले आफ्नो सवारी बीआर ३९ एई ९०१२ को नेपालमा सञ्चालनको ३ दिनको परमिट लिएका थिए । तर, उनी १ दिन ढिला गरी फर्किए । परमिट भन्दा १ दिन ढिला गरेको जरिवाना स्वरुप विराटनगर भन्सारमा १ हजार २ सय रुपैयाँ जरिवाना पनि बुझाए ।

भन्सारमा रहेका कर्मचारीले नेपालबाट बाहिरिने सबै प्रक्रिया पुरा भएको जानकारी दिएपछि उनी बिहार घर गए । त्यसको ८ दिन पछि आमाको आँखामा समस्या देखियो र उपचारका लागि पुनः नेपाल आउँदा १ दिनको परमिट लिन जब भन्सार छिरे, उनलाई त्यहाँका कर्मचारीले यसअघि देखि नै उनको सवारी नेपालमा नै रहेको देखिएको र पहिले फर्किने प्रकृया पुरा नगरेकाले ८ दिनको जरिवाना लाग्ने सुनाए ।

१ दिनको परमिट लिन गएका राहुल ८ दिनको जरिवाना ९ हजार ६ सय रुपैयाँ बक्यौदा सुनेपछि छाँगाबाट खसे झै भए । उनी भन्छन्, ‘८ दिन अघि नै मैले प्रक्रिया पुरा गरेर घर फर्किएर्को हुँ । त्यस समय १ दिनको जरिवाना पनि तिरेको मसँग रसिद सुरक्षित छ । तर, कर्मचारीको लापरबाहीले अहिले यो भार मलाई बोकाउन खोजिँदै छ । यसको छानबिन हुनुपर्छ ।’

उनले ८ दिन अघि नेपालबाट फर्कँदा एकदिनको जरिवाना तिरेको समयमा आफूले ‘अब मेरो काम सकियो ? भनेर कर्मचारीलाई बारम्बार सोधेको र कर्मचारीले पनि सकियो भनेपछि फर्किएको बताए । तर, आफूले बढी दिन बसेको जरिवाना त्यसै दिन तिरेको भए पनि कर्मचारीले प्रकृया पुरा नगरी आफूलाई भारतमा नै रहेको समयको पनि जरिवानाको भार थपरेको उनले दाबी गरेका छन् ।

आफूले सबै जानकारी जराउँदा भन्सार कार्यालयका कर्मचारीले आईसीपी कार्यालयमा गएर गेट इन्चार्जलाई भेट्न भन्दै पठाएको र इन्चार्जले समेत ८ दिनको जपरवाना तर्नुपर्ने जवाफ दिएको मलिकले गुनासो गरे ।

भन्सारका कर्मचारीबाट एक्जिट प्रक्रिया पूरा नगरीदिएको र त्यो गल्ति कर्मचारीकै भएकाले छानबिन गरी दोशिलाई कारबाही गर्नुपर्ने उनको माग छ ।

आमाको आँखाको उपचारका लागि सीमित रकम लिएर नेपाल आएको भन्दै उनले ९ हजार ६ सय रुपैयाँ ठूलो आर्थिक भार भएको बताए ।

मलिकले नेपाल सरकार तथा सम्बन्धित भन्सार कार्यालयमा आफूसँग भएको प्रमाणसहित उजुरी दिएको समेत बताएको छन् । यस विषयम बुझ्न भन्सारका प्रमुख उमेश श्रेष्ठलाई सम्पर्क गर्न फोन उठेन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं