लक्ष्मी कटुवाल

आइतबार, कार्तिक ०२, २०७७

विराटनगर । उदयपुर कटारी नगरपालिका १४ भदौरे स्थित सिद्धिचरण राजमार्गमा स्कारपियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ओखलढुंगा मानेभञ्ज्याङ ९ माधवपुरका ४६ बर्षीय राम बहादुर सार्की, ४० बर्षीय खड्ग बहादुर सार्की, ३५ बर्षीया नरिमाया सार्की र २७ बर्षीय कर्मे भन्ने कर्ण बहादुर सार्की र उदयपुर कटारी नगरपालिका ८ शिरिसेका ३० बर्षीय महेश बहादुर बि.क. रहेका छन् ।

भैरहवाबाट ओखलढुंगा तर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो आइतबार विहानको राती १ बजे भदौरे स्थित सिद्धिचरण राजमार्गमा आई पुक्दा एक्कासी ब्रेक फेल भई सडकबाट अन्दाजी ९०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

दुर्घटनामा ५ जनाको घटना स्थलमा नै मृत्यू भएको प्रहरीको भनाई छ ।

स्कारपियो चालक रुपन्देहीका २८ बर्षीय पवन खड्का, स्कारपियोमै सवार रहेका मानेभञ्ज्याङकै १८ बर्षीया कल्पना सार्की र ३१ बर्षीया कुमारी सार्की घाईते छन् ।

चालक खड्का र कल्पना लाई थप उपचारको लागी बिराटनगर ल्याइएको छ । कुमारी सार्कीको कटारी अस्पतालमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं