Lite Nepal

बुधबार, कार्तिक १९, २०७७

विराटनगर । अस्पतालले उपचार गर्न अस्वीकार गर्दा मोरङको रतुवामाई नगरपालिका १० की कोरोना भाइरस संक्रमित एक महिलाले आत्महत्या गरेकी छन्।

मिर्गौलाको पुरानै समस्या रहेकी ४० वर्षीया महिलाले आत्महत्या गरेकी हुन्। स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई उपचारका लागि कात्तिक ८ गते विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो।

गत असारबाट नियमित डायलासिस गराउँदै आएकी बिरामी थिइन्। अस्पताल भर्ना गरेर पीसीआर परीक्षण गराउँदा भोलिपल्ट रिपोर्ट पोजिटिभ आयो। परिवारका अनुसार रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा राखेर उपचार गराउन पैसा लाग्ने अस्पतालले बतायो।

पैसा तिर्न नसक्दा अस्पतालले उपचार गर्न नमानेपछि उनलाई कात्तिक ९ गते घर लगिएको परिवारले जनाएको छ। पारिवारिक आर्थिक अवस्था कमजोर रहेकी महिलाले भोलिपल्ट अर्थात कात्तिक १० गते झुन्डिएर आत्महत्या गरेको वडाध्यक्ष टंक ढकालले जानकारी दिए। घटना भएको दिन दसैंको टीका थियो।

उनका अनुसार विराटनगरमा अस्पतालले उपचार गर्न नमानेपछि घर ल्याइएकी महिलाले घर नजिकैको गोठमा पासो लगाएर आत्महत्या गरेकी हुन्। सबैतिर दसैंको टीकाको रमझम हुँदा गाउँमा भने संक्रमित महिलाले आत्यमहत्या गरेको खवर सुन्नु परेको उनको भनाइ छ।

‘कोरोना पुष्टि भएपछि उपचारका लागि पैसा डिपोजिट गर्नुपर्छ भनेर अस्पतालले भनेछ। आर्थिक अवस्था एकदम कमजोर रहेकी महिलाको परिवारले खर्च बेहोर्नसक्ने अवस्थै थिएन,’ उनले भने, ‘पैसा तिर्न नसकेपछि श्रीमानले घर फर्काएर ल्याएछन्। घर पुगेपछि आत्महत्या गरेको पाइयो।’

परिवारका अनुसार महिलाको उपचारमा दैनिक १८ हजार लाग्ने र अग्रिम भुक्तानी गर्नुपर्ने अस्पतालले बताएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा