Lite Nepal

शुक्रबार, कार्तिक २१, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणेले शुक्रबार शिष्टचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार तीन दिने भ्रमणको अन्तिम दिन नरवणेले प्रधानमन्त्रीसँग भेटेका हुन् ।

प्रधानमन्त्रीसँगको भेट अर्थपूर्ण हुने बताइएको छ । नेपालसँगको सम्बन्ध सुधारका लागि भारतीय संस्थापनले सेनापतिमार्फत सन्देश पठाएको अनुमान गरिएको छ । सम्बन्ध चिसिएको बेला सैन्य कुटनीति प्रयोग र परिचालन गरेर सम्बन्ध सुधारका लागि पहल गर्ने पहिलेदेखिको प्रचलन हो ।

भेटमा दुई देशको सैन्य सम्बन्ध र रक्षा सहकार्यबारे छलफल हुने बताइएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीसँगको भेटमा सिमा विवाद लगायतका दुई पक्षीय विषयमा छलफल हुनेसक्ने स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं