Lite Nepal

शुक्रबार, कार्तिक २१, २०७७

विराटनगर । प्रदेश १ मा विगत २४ घण्टामा ३ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार थपिएकाहरुमा मोरङमा १ सय २३, सुनसरीमा ८९, झापामा ७६, तेह्रथुममा ६, इलाम, धनकुटा र भोजपुरमा ३–३, उदयपुरमा २, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा १–१ जना र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ८९, उर्लाबारीमा ८, सुन्दरहरैचामा ६, लेटाङमा ४, बेलबारी र पथरीशनिश्चरेमा ३–३, रंगेलीमा २, धनपालथान, ग्रामथान, सुनबर्षी, कटहरी, रतुवामाई र केराबारीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा ४९, इटहरीमा २१, इनरुवामा ७, रामधुनी, देवानगञ्ज, बराहक्षेत्र र कोशी गाउँपालिकामा २–२, भोक्राहानरसिंह, दुहवी, हरिनगर र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको दमकमा २८, बिर्तामोडमा २१, भद्रपुरमा ९, शिवसताक्षी, अर्जुनधारा र मेचीनगरमा ३–३, कनकाई, हल्दिबारी र झापा गाउँपालिकामा २–२, गौरादह, कमल गाँउपालिका र स्थानीय तह नखुलेका १–१, ते्रहथुमको लाली गुराँसमा ४, म्याङलुङ र छथरमा १– १, इलामको इलाम नगरपालिकामा २ र सुर्योदयमा १, धनकुटाको पाख्रीबासमा १ र स्थानीय तह नखुलेका २, भोजपुरमा ३, उदयपुरको बेलका र त्रियुगामा १–१, ताप्लेजुङको फुङलिङ, ओखलढुङ्गाको मानेभन्ज्याङ, संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार १ सय १७ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार ३ सय ५० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३ सय ४३, विराट मेडिकल कलेजबाट ३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २, न्युरो अस्पताल र जिल्ला अस्पताल धनकुटाबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार ४६ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार १ हजार १ सय ९७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ३८ महिला र १ सय ७७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६७ हजार ३ सयको पीसीआर परीक्षण गरीएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा