Lite Nepal

आइतबार, मंसिर ०७, २०७७

धरान । कोरोना संक्रमणका कारण धरानमा झापा मेचीनगरका एक पुरुषको मृत्यू भएको छ । आइतबार विहान धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापास्थित मेचीनगर, बाहुनडाँगी ४ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अन्य रोगबारे प्रष्ट जानकारी नआएको जनाउदै प्रतिष्ठानले विरामी पुरुषमा मंसिर १ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको उल्लेख गरेको छ । त्यसपछि विरामीको स्वास्थ्य अवस्थामा समस्या भएपछि थप उपचारका क्रममा उनलाई मंसिर ३ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो ।

कोरोना संक्रमण पुष्टि भएको एकसातापछि मृत्यु भएका विरामीको शव ब्यवस्थापन कार्य भइरहेको प्रतिष्ठानले जनाएको छ । यससंगै प्रतिष्ठानमा उपचारका क्रममा १ सय ९ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं