Lite Nepal

सोमबार, मंसिर ०७, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणपछि नेपाल-भारतबीचको सम्बन्ध संभावनायुक्त सकारात्मक लयमा फर्किएको दाबी सरकारले गरेको छ ।

प्रधानमन्त्री शाहको स्वदेश फिर्तीपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले यस्तो दाबी गरेका हुन् ।

नयाँ सरकार गठनपछि प्रधानमन्त्रीको पहिलो औपचारिक विदेश भ्रमणबाट नेपाल भारतको सम्बन्ध सकारात्मक लयमा फर्काउन सहयोग पुगेको मन्त्री खनालले बताए ।

‘राष्ट्रहितको प्रवर्द्धन र सहयोगात्मक घनिष्ठ सम्बन्ध र सहकार्यलाई बलियो बनाउँदै लाभ प्राप्त गर्ने दिशामा भ्रमण केन्द्रित रह्यो । नेपाल भारत सम्बन्धलाई संभावनायुक्त सकारात्मक लयमा फर्काउन भ्रमण फलदायी बन्यो,’ मन्त्री खनालले भने ।

दुवै प्रधानमन्त्रीले अघि सारेको विकसित भारत समुन्नत नेपाल दुरदृष्टि दस्ताबेजले नेपालको ऊर्जा, कनेक्टिभिटी लगायतका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने मन्त्री खनालले बताए । यस दस्ताबेजले पुराना सन्धिहरूको पुनरावलोकनको बाटो समेत खोलिदिएको उनले बताए । ‘यस दस्ताबेजले पुराना सन्धिहरूको पुनरावलोकनको बाटो समेत खोलिदिएको छ । यसले दुई राष्ट्रबीच जनस्तरमा सम्बन्ध विस्तारका लागि पनि विशेष योगदान गर्नेछ,’ मन्त्री खनालले भने ।

दुई मुलुकका प्रधानमन्त्रीबीचको छलफल आपसी सहयोगात्मक सम्बन्धलाई थप फलदायी बनाउने विषयमा केन्द्रित रहेको मन्त्री खनालले बताए । प्रधानमन्त्री शाहको यस भ्रमण दुई मुलुकको सम्बन्ध सुदृढ बनाउन सफल भएको मन्त्री खनालले बताए । भारत भ्रमणमा आमन्त्रण गरेकोमा सरकारले भारत सरकारलाई धन्यवाद समेत व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं