Lite Nepal

आइतबार, मंसिर २८, २०७७

काठमाडौं । अमेरिकामा सोमबारबाट कोभिड(१९ विरुद्धको खोप लगाइने भएको छ ।

कोरोना भाइरसको महामारीले विश्वमै सबैभन्दा धेरै असर परेको अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप सोमबारबाट लगाउन थालिने बीबीसीले जनाएको छ ।

पहिलो चरणमा तीस लाख डोज खोप सबै राज्यमा पुर्‍याइँदैछ । सुरुमा २ करोड १० लाख स्वास्थ्यकर्मी र स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकहरूलाई खोप दिइने तयारी छ ।

अमेरिकाको खाद्य तथा औषधि विभागको सल्लाहकार समितिले कोरोना खोपलाई स्वीकृति दिएसँगै सोमबारबाटै अमेरिकी नागरिकलाई खोप दिन लागिएको हो । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं