Lite Nepal

मंगलबार, पौष २८, २०७७

दमक । झापाको दमकमा रहेको भुटानी शरणार्थी शिविरको एउटा छाप्रोमा आगलागी हुँदा एक जनाको जलेर मृत्यू भएको छ ।

सोमबार बेलुका ७ः३० मा शिविर सेक्टर नंबर डी ४, छाप्रा नं.३२५ मा भएको आगलागीमाा परि सोही छाप्रोमा बस्ने ६० वर्षीय देशमार राईको मृत्यू भएको हो ।

उनी प्यारालाईसिसका बिरामी थिए । घरमानै सुतिरहेको अवस्थामा उनको जलेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए । थापाका अनुसार उनको घटनास्थलमानै मृत्यू भएको हो ।

बाँसको टाटिको बार र जस्ता पाताको छानोले बनाइएको सो छाप्रोमा लागेको आगो स्थानीय, नेपाल प्रहरी, शसस्त्र प्रहरी र दमक नगरपालिकाको दमकलको सहयोगमा एक घण्टामा नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट छाप्रोसहित त्यस भित्र भएका सबै जल्दा आठ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ । छाप्राभित्र रहेको सुन १ तोला, चाँदी १० तोला, नगद ३ लाख खाद्यान्य तथा लत्ताकपडा पुर्णरुपमा जलेको छ ।

आगलागीका विषयमा अनुसन्धान भइरहेको प्रहरीका सूचन अधिकारी थापाले बताए । मृतकको शव पोष्टमाटमका लागि दमक अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा