Lite Nepal

आइतबार, माघ ०४, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको बताएका छन्।

अखिल नेपाल महिला सङ्घ९अनेमसं० को दोस्रो केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले देश बर्बाद हुनबाट बचाउन आफूले प्रतिनिधिसभा विघटन गर्न वाध्य भएको बबताएका छन्। उनले भने, ‘संविधानको धारा ७६ ९७० र धारा ८५ अनुसार राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय अभ्यासलाई समेत ध्यानमा राखेर सिफारिस गरिएको छ।

ुसंविधानमा राष्ट्रपतिले सरकारको सिफारिशमा काम गर्ने व्यवस्था छ, अहिले त्यसअनुसार नै भएको होु, ओलीले भने, ुकमीकमजोरी कुरा गर्ने हो भने मसँग भन्ने हो, राष्ट्रपतिले हेर्ने होइन । उनको प्रश्‍न थियो, संसद् विघटन मैले गरेको हुँ, राष्ट्रपतिमाथि किन हमला ?

संसद् विघटनको विषयमा टिप्पणी गर्ने नेताहरूले राष्ट्रपतिको मर्यादा समेत ख्याल ओलीले बताए । उनले संसद् विघटन आफूले गरेको तर राष्ट्रपति माथि हमला गर्न थालिएको बताउँदै भने, जो नक्कली राजालाई दाम चढाउनेले यतिबेला गणतन्त्र माथि हमला गर्दैछन्।

ओलीले गणतन्त्रको सम्मानित संस्था राष्ट्रपति माथि नै चरणबद्ध हमला गर्नु लोकतान्त्रिक पद्धति नभएको बताउनुभएको छ । लोकतन्त्र र गणतन्त्रको विरुद्ध प्रचण्ड–माधव पक्षले शृङ्खलाबद्ध हमला गरिरहेकाले उहाँहरु लोकतान्त्रिक अभ्यास बाहिर रहेको टिप्पणी गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा