Lite Nepal

शुक्रबार, बैशाख ०३, २०७८

काठमाडौं । प्रेस चौतारी नेपालले केन्द्रीय सल्लाहकार समिति गठन गरेको छ । आज सम्पन्न सचिवालय बैठकले निवर्तमान अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा ५१ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो । बैठकले सल्लाहकार समितिको सचिवमा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजिर मगरलाई चयन गरेको छ ।

सल्लाहकार समितिमा प्रेस चौतारी नेपालका संस्थापक नेता, पूर्वअध्यक्ष र पदाधिकारीसहित बरिष्ठ पत्रकारहरु समावेश गरिएको छ । समितिमा गोपाल थपलिया, विजय चालिसे, शम्भु श्रेष्ठ, गगन विष्ट, डा. बालकृष्ण चापागार्इंं, प्रमोद दाहाल, श्रीधर आचार्य, श्रीओम श्रेष्ठ रोदन, गोपाल बुढाथोकी, चन्द्र न्यौपाने, माधव शर्मा, तीर्थ कोइराला, डा. कुन्दन अर्याल, डा. महेन्द्र विष्ट, रघु मैनाली, गोविन्द पोखरेल, दीपक पाण्डे, दुर्गाप्रसाद शर्मा र निर्मला शर्मा हुनुहुन्छ ।

यसैगरी यज्ञ शर्मा, बद्रीविनोद प्रतीक, मेघराज शर्मा, यशोदा तिमल्सिना, हरि जोशी, विश्वबन्धु भण्डारी, पुण्य पौडेल, देवराज रिमाल, डीआर घिमिरे, शरद अधिकारी, मोहन चापागाईं, डिल्ली बिसी, शिव डोटेल, उपेन्द्र केसी, महेश दास, गोपाल खनाल, दुर्गा भण्डारी, शान्ति गुरुङ, कुशलबाबु बस्नेत, सूर्यमणि गौतम, अक्षरी पोखरेल, सुरेन्द्र काफ्ले, मुकेश पोखरेल, कृष्ण अधिकारी, माधव विद्रोही र मनोहर पोखरेललाई केन्द्रीय सल्लाहकार चयन गरिएको चौतारीका कार्यबहाक महासचिव हिरामान लामाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं