Lite Nepal

शनिबार, बैशाख ११, २०७८

विराटनगर । प्रदेश १ मा शनिबार १ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६८, झापामा २१, सुनसरीमा २०, संखुवासभामा ९, धनकुटा र इलाममा ३–३, ते¥हथुम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५९, रंगेलीमा २, ग्रामथान, जहदा, पथरीशनिश्चरे,रतुवामाई, कटहरी, धनपालथान र उर्लाबारीमा १–१, झापाको विर्तामोडमा ७, झापा गाउँपालिकामा ४, अर्जुनधारामा ३, शिवसताक्षी, हल्दिबारी र भद्रपुरमा २–२ जना संक्रमित थपिएका छन् ।

यस्तै झापाकै गौरीगञ्जमा १, सुनसरीको धरानमा १०, इटहरीमा ४, बर्जुमा २, रामधुनी, दुहवी, इनरुवा र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा ८ , स्थानीय तह नखुलेका १, धनकुटाको धनकुटा नगरपालिकामा ३, इलामको इलाम नगरपालिकामा २ र स्थानीय तह नखुलेका १, तेह्रथुममा १, ताप्लेजुङमा १, ओखलढुङ्गाको सिद्धिचरणमा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ३ सय २२ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९४४ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ८९९ पुगेको छ ।

प्रदेश १ मा शनिबार ४ सय ३८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४२ महिला र ९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं