Lite Nepal

आइतबार, बैशाख १२, २०७८

विराटनगर । प्रदेश १ मा आइतबार १ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८४, सुनसरीमा १५, झापामा ५, संखुवासभामा ४, धनकुटा, खोटाङ, इलाम, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा २४ महिला र ५१ पुरुष सहित ७५, बुढीगंगामा ४, कटहरी र उर्लाबारीमा २–२ र धनपालथान र लेटाङमा १–१, सुनसरीको इनरुवामा ६, इटहरीमा ४, बराहक्षेत्र, हरिनगर, दुहवी, रामधुनी र धरानमा १–१, झापाको दमकमा ४, भद्रपुरमा १, संखुवासभाको खाँदबारीमा ३ र स्थानीय तह नखुलेको १, धनकुटाको चौवीसे, खोटाङको खोटेहाङ, इलामको इलाम, पाँचथरको मिक्लाजुङ र ताप्लेजुङको फुङलिङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ४ सय ४४ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९सय ५४ जना संक्रमणमुक्त भएका छन् । १ हजार १० जना सक्रिय संक्रमित छन् ।

प्रदेश १ मा आइतबार ४ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३६ महिला र ८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं