Lite Nepal

बुधबार, बैशाख १५, २०७८

विराटनगर । नेपाल स्काउट देशभरका सबै स्थानीय निकायहुँदै त्यहाँका सबै विद्यालय सम्म विस्तार हुने भएको छ ।

नेपाल स्काउटले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा देशका सबै ७ सय ५३ पालिकाहरुमा स्काउट संरचना निर्माण गरिएको र यो अब सक्रिय रुपमा रहने जनाईएको थियो ।

नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीका अनुसार २००९ सालमा गठित सँस्थालाई देशको वर्तमान राज्य संरचनासँग मेल गराउने उद्देश्यले स्थानीय निकायका तहमा विस्तार गरिएको हो ।

विगतमा सिमित क्षेत्रमा क्रियाशिल स्काउटको संरचना अहिले नयाँ राज्य संरचना अनुसार सातै वटा प्रदेश तहमा बनिसकेको छ ।

‘परम्परागत संरचनामा खुम्चिएर रहेको स्काउटले नयाँ संरचना सँगै समयको माग अनुसार गतिशिल हुने अवसर पाएको छ’, संयोजक भण्डारीले भन्नुभयो । विगतमा भन्दा अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै स्काउट गतिविधि बढेको पनि उहाँले बताउनुभयो । परिणामस्वरुप विगत लामो समयदेखि निस्कृय देखिएको नेपाल स्काउटको अन्तर्राष्ट्रिय सम्बन्ध नयाँ उचाईमा पुगेको छ, उहाँले भन्नुभयो ।

स्थानीय संरचनाअन्तर्गत हरेक विद्यालयमा कम्तिमा एक वटा स्काउट समिति बन्ने जानकारी पनि संयोजक भण्डारीले दिनुभयो । ति समितिहरु मार्फत विद्यार्थीले अनुशासन, कुलतबाट बच्ने उपाय, सामाजिक कार्यमा सक्रियता एवं शारीरिक तथा मानसिक विकाससम्बन्धी तालिम प्राप्त गर्ने छन् ।

स्काउटको इतिहासमा यस आर्थिक वर्षमात्र ५० हजार बढी स्काउट स्वयंसेवक परिचालन गरिएको र कोभिडको महामारीमा शव व्यवस्थापनसम्मका सामाजिक कार्यमा सक्रिय रहेको जानकारी पनि उहाँले दिनुभयो ।

नेपाल स्काउट ऐन २०५५ अनुसार प्रधानमन्त्री नेपाल स्काउटका संरक्षक र माननीय युवा तथा खेलकुद मन्त्री प्रमुख स्काउट हुने व्यवस्था रहेकोछ भने, प्रदेशमा मुख्यमन्त्री संरक्षक सामाजिक विकास मन्त्री प्रमुख स्काउट हुने व्यवस्था हुनुका साथै स्थानीय पालिकामा, पालिका प्रमुख संरक्षक तथा पालिका उपप्रमुख प्रमुख स्काउट हुने व्यवस्था छ ।

यसबाट संघ, प्रदेश र स्थानीय सरकारको सहयोगमा नीतिगत रुपमै हरेक बिद्यालयमा स्काउट युनिटहरु संचालन हुने र हरेक पालिकामा स्काउट क्रियु संचालन हुने जानकारी पनि कार्यक्रममा दिइयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं