Lite Nepal

आइतबार, बैशाख १९, २०७८

ताप्लेजुङ । ताप्लेजुङका एक युवा व्यवसायीको श्वास प्रश्वासको समस्याका कारण निधन भएको छ ।

फुङ्लिङ नगरपालिका ४ का युवा व्यवसायी प्रेम हाङ्गामको आइतबार बिहान ताप्लेजुङ अस्पताल मा उपचार हुन नसकेपछि थप उपचारका लागी झापा लैजाने क्रममा बाटोमानै निधन भएको हो ।

जिल्ला अस्पतालका चिकित्सकले स्वास प्रश्वासमा समस्या देखिएको र अक्सिजनको मात्रा धेरै कम भएकाले जिल्ला बाहिर उनलाई रेफर गरेका थिए । उनको श्वास परीक्षण नगरिए पनि कोरोना भाईरस कोभिड १९ सँग मिल्दो लक्षण देखिएको चिकित्सकले बताएका छन् ।

ताप्लेजुङ उद्योग बाणिज्य संघका कार्य समिति सदस्य समेतच रहेका हाङ्गाम लाई कोरोना संक्रमणको पनि आशंका भएकाले उनका परिवारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर अन्त्येष्टी गरेका छन् ।

कोरोना संक्रमण पुष्टी भइ नसकेको अवस्थामा नेपाली सेनाले शव व्यवस्थापन गर्न नमिल्ने भएपछि उनका आफन्तजनले नै शव अन्त्येष्टी गरेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।

शव व्यवस्थापनका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले ४ थान पीपीइ सेट उपलब्ध गराएको उनको भनाई छ । ताप्लेजुङमा यस अघि तीन जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा