ताप्लेजुङ समाचारदाता

बिहिबार, बैशाख २३, २०७८

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका कोरोना संक्रमणको ‘हटस्पट’ बनेको छ ।

फुङ्लिङ नगरपालिकामा विहीबार एकैदिन ४८ जना संक्रमित भएको रिपोर्ट आएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार पाँच दिन अघि संकलन गरिएको स्वावको रीपोर्ट विहीबार आएको र त्यसमा ४८ जना संक्रमित भेटिएको हो ।

पाँच दिन अघि फुङ्लिङ नगरपालिका ४ तोक्मेका ५८ जनाको स्वाब संकलन गरिएको थियो । सोही स्वाबको रीपोर्ट विहीबार आएको प्रजिअ पाण्डेले लाईट नेपाललाई बताए ।

ताप्लेजुङमा पहिले कोरोना संक्रमण देखिएका र मृत्यू भएकाहरुको कन्ट्रयाक टे«सिङमा परेकाहरुको स्वाब संकलन गरिरहेको र उनिहरुको पनि ठुलो संख्यामा पोजेटिभ रीपोर्ट आइरहेको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार तोक्मे क्षेत्रका ५८ जनामा लिएको स्वाबमा २४ महिला र २४ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार ताप्लेजुङमा पीसीआर परीक्षणमा पोजेटिभ भएका ९६ जना र एण्टिजेन परीक्षण गर्दा पोजेटिभ आएका १० जना गरि हाल सम्म सक्रिय संंक्रमित १ सय ६ जना रहेका छन् ।

बुधवार ३२ जनामाको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । संक्रमितहरु अहिले पनि होम क्वारेन्टाइनमा बसेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा