Lite Nepal

बिहिबार, बैशाख २३, २०७८

विराटनगर । प्रदेश १ मा विहीबार हाल सम्मकै धेरै संक्रमित थपिएका छन् । विगत २४ घण्टामा ७ सय ९१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

नयाँ थपिएका संक्रमितहरुमा मोरङमा ३ सय ३७, झापामा १ सय ७८, सुनसरीमा १ सय ४५, ताप्लेजुङमा ४९, संखुवासभामा १४, इलाममा ११, उदयपुरमा ८, तेह्रथुममा ५, धनकुटा र पाँचथरमा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिर ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ११७ महिला र १६६ पुरुष सहित २८३, बुढीगंगामा १३, सुन्दरहरैचामा ९, बेलबारीमा ७, रंगेलीमा ६, कटहरीमा ५, केराबारीमा ३, धनपालथान, रतुवामाई र पथरीशनिश्चरेमा २–२, मिक्लाजुङ, ग्रामथान, उर्लाबारी, सुनबर्षी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ५९, इटहरीमा ४३, देवानगञ्ज र दुहवीमा ९–९, बराहक्षेत्रमा ६, इनरुवा र कोशी गाउँपालिकामा ५–५, गढीमा ३, बर्जु र रामधुनीमा २–२, हरिनगर र भोक्राहानरसिंहमा १–१, झापाको दमकमा ५८, कमल गाउँपालिकामा २२, विर्तामोडमा २०, मेचीनगरमा १९, गौरीगञ्जमा १७, भद्रपुर र कनकाईमा १२–१२, शिवसताक्षीमा ६, बुद्धशान्ति र अर्जुनधारामा ४–४, गौरदहमा २, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १, ताप्लेजुङको फुङलिङमा ४९ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा ४, उदयपुरगढीमा २, कटारी र बेलकामा १–१ , संखुवासभाको चैनपुरमा ७, खाँदबारीमा ५, मादी र स्थानीय तह नखुलेका १–१, इलाममा ८, चुलाचुलीमा २ र रोङमा १, ते¥हथुमको म्याङलुङमा ५, धनकुटाको छथर र शहिदभूमीमा १– १, पाँचथरको मिक्लाजुङ र फाल्गुनन्दमा १–१, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३५ हजार ९ सय २० पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार १ सय १३ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ७० पुगेको छ । प्रदेश १ मा आज १ हजार ७ सय ५१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३ सय ३० महिला र ४६१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा