Lite Nepal

शुक्रबार, बैशाख २४, २०७८

झापा । झापाको मेचीनगर नगरपालिका १० मा रहेको कपास उद्योगमा आगलागी हुँदा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

विहीबार साँझ साँढे ६ बजेको समयमा उद्योगको कपास पेल्ने मेशिनबाट अचानक आगलागी शुरु भई मेशिन, कच्चा पदार्थ तथा अन्य समान समेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको तथा आगलागीबाट मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सो आगलागी प्रहरी तथा स्थानीयवासीको सहयोगमा बेलुका ७ बजे नियन्त्रणमा आएको र अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं