Lite Nepal

शुक्रबार, बैशाख २४, २०७८

ताप्लेजुङ । प्रदेश १ को हिमाली जिल्ला ताप्लेजुङमा पनि कोरोना संक्रमण र मृत्यूदर बढ्दै गएपछि आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले अस्पताललाई आवस्यक शैया र पीपीईसहित स्वास्थ्यसामग्री पठाएका छन् ।

आफ्नै निर्वाचन क्षेत्र रहेको जिल्ला र गृह जिल्ला समेत रहेको ताप्लेजुङमा सक्रिय संक्रमितको संख्यानै एक सय नाघेपछि उनिहरुको उपचारमा सहजताका लागि १० वटा शैया र पीपीईका सामान पठाएका हुन् ।

स्टेन, टुल बक्स लगायत १० थान शैया, २ सय थान पीपीइ सेट, ३ सय थान स्वाब संकलन गर्ने किटबक्स, ४५ थान थर्मलगन, मास्क र स्यानीटाइजर सहितका सामग्री ताप्लेजुङ पठाइएको मन्त्रालयले जनाएको छ ।

शुक्रवार सम्ममा सबै सामग्री फुङ्लिङ पुग्नेछन् । सबै सामग्री जिल्ला अस्पताललाई बुझाइने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं