Lite Nepal

सोमबार, बैशाख २७, २०७८

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङमा ढुङ्गाले किचेर एक बालकको मृत्यू भएको छ । मेरिङदेन गाउँपालिका २ शान्थाक्रा का १३ बर्षीय फुर्वा शेर्पाको ढुंगाले किचेर मृत्यु भएको हो ।

सोमबार दिउसो साढे २ बजे फुङलिङ नगरपालिका ७ स्थित सव–बेश निर्माणको लागी मुवेन मिक्लाजुङ जेबि कन्ट्रक्सन द्वारा भिर चट्टान फोर्ने क्रममा झरेको ढुङ्गाले उनलाई किचेको थियो ।

निर्माण भइरहेको स्थानको बाटोमा गिटी कुट्ने र ढुङ्गा ओसार्ने काम गर्ने उनका बाबु पासाङ छिरिङ शेर्पासँग ढुङ्गा ओसार्ने शेर्पा पनि गएका थिए । सोहि क्रममा माथीबाट ढुङ्गा झरी किचेर बालकको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं