Lite Nepal

मंगलबार, जेठ ११, २०७८

ताप्लेजुङ । कोरोना महामारीले गर्दा ताप्लेजुङमा निषेधाज्ञा थपिदो छ । दैनिक मजदुरी गरेर पेट पाल्नेहरुको जोहो सकिएको छ । बजार पसल निस्चित समय खुल्ने भए पनि अब दैनिक उपभोग्य बस्तु खरिद गर्ने रकम नागरिकमा कम हुँदै छ ।

तर, यसै समयमा ताप्लेजुङ उद्योग वाणिज्य संघले सोमबार सार्वजनिक गरेको खाध्यान्नको दररेटले गरिव नागरिकको काँध अझै गरुङ्गो बनाएको छ । उपभोक्ताको ढाड सेक्ने गरी मुल्य बढाएको आरोप वाणिज्य संघलाई लागेको छ । यसै विषयलाई लिएर अहिले ताप्लेजुङका नागरिककाले समाजिक संञ्जालमा असन्तोष पोखेका छन् ।

खाने तेलमा अचाक्लि भाउ बढाएको उपभोक्ताको गुनासो छ । दैनिक आवस्यक हुने चामल, दाल, गेडागुडी र चिनीको मुल्य समेत अस्वभाविक रहेको छ । संघको मूल्य सूची अनुसार थोक बिक्रेताले प्रत्येक दैनिक उपभोग्य वस्तुको मूल्य १० देखि १सय ५० रुपैयाँसम्म बृद्धि गरी बेचिरहेका छन् ।

व्यापारीले ‘मौकामा चौका’ हान्दै खाने तेलमा प्रतिलिटरमा ९० देखि १०० रुपैयाँ, चामलमा प्रतिकेजी १० देखि १५ रुपैयाँ, गेडागुडीमा प्रतिकेजी २० देखि ३० रुपैयाँ र चिनीमा १५ देखि २५ रुपैयाँसम्म मूल्य बढाएको उपभोक्ताको गुनासो छ ।

संघका कार्यवाहक अध्यक्ष दिनेश अधिकारीद्धारा हस्ताक्षरित मुल्य सूची सार्वजनिक भएको थियो । संघलाई केही समितिका व्यक्ति मात्रै बसेर निर्णय गर्ने गरेको समेत आरोप लाग्ने गरेको छ ।

यसैबिच जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले यो विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार संघलाई पत्रचार गर्दै २४ घण्टा भित्र जिल्लामा खाध्यान्नको मौजात र मुल्यसूची लिएर प्रशासनमा उपस्थित हुन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।

‘गत २०७८ बैशाख २० गतेभन्दा अघिको खाद्यान्नहरुको मौज्दात, मूल्यसूची र बैशाख २० गतेदेखि २०७८ जेठ १० गतेसम्मको खाद्यान्नको मौज्दात र मूल्यसूचीको विवरण पत्र प्राप्त भएको २४ घण्टाभित्र प्रशासन कार्यालयमा उपलब्ध गराउन अनुरोध छ’ प्रजिअ पाण्डेद्धारा संघलाई प्रेषित पत्रमा भनिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा