Lite Nepal

आइतबार, जेठ १६, २०७८

विराटनगर । संघीय सरकारले अध्यादेश मार्फत बजेट ल्याएपछि प्रदेशमा पनि पूर्व छलफल नगरी बजेट आउने आशंका प्रतिपक्षी दलले गरेका छन् ।

आइतबार विहान प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ सँग प्रतिपक्षी दलका नेताहरुले भेटेर प्रदेशसभा नियमावली र प्रदेश आर्थिक नियमावली अनुसार पूर्व बजेट छलफलबाट मात्रै प्रदेशको बजेट ल्याउनु पर्ने बताए ।

‘सरकारलाई प्रदेश सभाबाट बजेट ल्याउने वातावरण बनाउन माग हामीले प्रमुख सँग माग गरेका हौँ,’ नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले भने ‘चोरबाटोबाट बजेट ल्याउन पाइदैन ।’ संविधानमा भएको व्यवस्था अनुसार सरकारलाई संविधानको पालना, सचेत गराउन, प्रदेश प्रमुखलाई जानकारी गराईएको कोइराला बताउँछन् ।

बिहान झण्डै १ घण्टा भएको छलफलमा नेपाली कांग्रेसका संसदीय दलका नेता राजिव कोइराला, प्रमुख सचेतक केदार कार्की, सचेतक सुयर्माराज राई, माओवादी केन्द्रका सांसदहरु विजय विस्वास र कुशल लिम्बु तथा जसपा संसदीय दलका नेता जयराम यादव सहभागी थिए ।

संविधानको पालना गराउने दायित्व प्रदेश प्रमुखको भएको कारण पनि प्रमुखसँग भेट गरिएको जसपाका संसदीय दलका नेता जयराम यादवले बताए । ‘प्रदेश प्रमुखले नै संबिधान र ऐन नियमको परिपालना गराउने भएकोले पहिले हामीले उहाँलाई भेटेर आग्रह गरेका हौँ,’ उनले भने । महामारीको बेलामा सरकारले प्रदेश सभाबाटनै बजेट ल्याई सांसदको भावनाको कदर गर्नु पर्ने प्रतिपक्षी दलको माग छ ।

असार १ गते बजेट ल्याउनु पर्नेमा अहिलेसम्म बजेट अधिबेशन नबोलाएको, पूर्व बजेट छलफल नीति तथा कार्यक्रम ल्याउन चासो नदिएको, कोभिड नियन्त्रणमा कुनैपनि दलसँग समन्वय नगरेको विषयमा समेत दलहरुले प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा