Lite Nepal

आइतबार, जेठ ३०, २०७८

विराटनगर । प्रदेश १ सरकारले ल्याएको बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

आइतबार प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरिएको आर्थिक बर्ष २०७८÷७९ को नीति तथा कार्यक्रमलाई जनता समाजवादीसमेतले समर्थन जनाएपछि सहजै बहुमतका साथ पारित भएको हो ।

सरकारको बार्षिक नीति तथा कार्यक्रममा चुरे क्षेत्र संरक्षणसम्बन्धि बिषयलाई समेट्न जनता समाजवादी संसदीय दलका नेता जयराम यादवले राखेको संसोधन प्रस्ताव मुख्यमन्त्री शेरधन राईले स्वीकारयोग्य भएको बताएका थिए ।

सरकारले आफ्नो दलको तर्फबाट राखेको प्रस्तावलाई समर्थन जनाएको भन्दै यादवले बार्षिक नीति तथा कार्यक्रममा पेश गरेको संसोधन प्रस्ताव फिर्ता लिएर नीति तथा कार्यक्रम सहज रुपमा पारित हुने बाटो खोलिदिएको हो ।

९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमालेका सभामुखबाहेक ५० सांसद छन् भने जनता समाजवादीका तीन जना सांसद रहेका छन् । बहुमतका लागि एमाले एक्लैको बहुमत पुग्ने भएपनि जनता समाजवादीसमेतले संसोधन प्रस्ताव फिर्ता लिएपछि सरकारलाई अझ सहज भएको हो ।

यादव जनता समाजवादीको उपेन्द्र यादवनिकट हुन् । प्रदेश १ मा यादव नेतृत्वकै बहुमत रहेको छ । प्रदेशसभामा बार्षिक नीति तथा कार्यक्रम पारित गरिने भएपनि सत्ताधारी दल नेकपा एमालेका सवै सांसद प्रदेशसभा बैठकमा सहभागी थिए ।

जेठ २७ गते बिहीबार प्रदेश प्रमु्ख सोमनाथ प्यासीले सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेका थिए । विपक्षी दलहरुले सरकारले कार्यान्वयनमा कहिल्यै इमानदारिता नदेखाएको भन्दै यसअघि प्रस्तुत भएका तीन वटा नीति तथा कार्यक्रहरुको २५ प्रतिशत हिस्सा पनि कार्यान्वयन नभएको बताउँदै आएका छन् ।

आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रममा चालु वर्षमा झैं स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिइएको छ ।

आइतबार बहुमत पु¥याउन एमालेले कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका दुई राज्यमन्त्री र एक प्रदेशसभा सदस्यलाई समेत बैठकमा अलग्गै कक्षमा राखेर सहभागी गराएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा