Lite Nepal

शुक्रबार, आषाढ २५, २०७८

काठमाडौं । बंगलादेशमा अहिले एउटा पुड्को गाई चर्चामा छ । ‘रानी’ नाम दिइएको यो गाई अहिले बंगलादेशको ‘सेलिब्रिटी’ बनेको छ । मानिसहरु यो गाई हेर्न टाढाबाट आउन थालेका छन् ।

२३ महिनाको भुटानी गाई केबल ५१ सेन्टिमिटर अग्लो छ भने २८ किलोको छ । राष्ट्रव्यापी लकडाउनका बाबजुद अहिलेसम्म यो गाईलाई हेर्न १५ हजारभन्दा धेरै मानिसहरु राजधानी सहर ढाका नजिकै रहेको चरीग्रामस्थित फार्ममा आइसकेका बीबीसीले जनाएको छ।

फार्मका म्यानेजर हसन होवलदार रानी विश्वको सबैभन्दा सानो गाई भएको दाबी गर्दै गिनिज वर्ल्ड रेकर्डस्को लागि प्रक्रिया सुरु गरेका छन् । ‘मैले आफ्नो जीवनमा यस्तो कहिले पनि देखेकी थिइनँ’, गाई हेर्न आएकी रिना बेगमले भनिन् ।

होवलदारले गत वर्ष बंगलादेशको उत्तर–पश्चिमी क्षेत्रमा रहेको नओगाउँमा रहेको एक फार्मबाट यो गाई किनेर ल्याएका थिए । यो गाईलाई हिँड्नमा समस्या छ र अन्य गाईसँग पनि डराउने हुनाले शिकोर एग्रो फार्ममा यसलाई अलग राखिएको छ ।

‘यसले धेरै खाँदैन । दिनमा दईपटक थोरै पिठो र भुस्सा खान्छ’, होवलदारले भने, ‘उसलाई बाहिर हिँड्न मन पर्छ र कसैले उसलाई आफ्नो हातमा लियो भने खुसी हुन्छ ।’

अहिले विश्वको सबैभन्दा सानो गाईको कीर्तिमान भारतको मनिक्यम गाईको नाममा छ । जसको उचाइ ६१.१ सेन्टिमिटर छ ।

होवलदारका अनुसार गिनिज वर्ल्ड रेकर्डस्का प्रतिनिधिले यस वर्ष उक्त फार्मको भ्रमण गर्नेछन् र रानीले गिनिज वर्ल्ड रेकर्डस्को उपाधि पाउने वा नपाउने निर्क्योल गर्नेछन् ।

-एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं