Lite Nepal

शुक्रबार, आषाढ २५, २०७८

काठमाडौं । सरकारले आन्तरिक गन्तब्यका लागि उडान संख्याको सीमा हटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अब आन्तरिक उडानमा वायुसेवा कम्पनीहरुले आफुलाई आवश्यक संख्यामा उडान माग गर्न सक्ने भएका छन् ।

देशभर बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध भएको समयमा वायुसेवा कम्पनीले उडान संख्या थप हुनुपर्ने माग गरेका थिए ।

सोही अनुसार सरकारले अब यसअघिको ५० प्रतिशत भनि तोकिएको सीमा हटाएको हो । प्राधिकरणले बिहीबार सबै वायुसेवा कम्पनीलाई यसबारे जानकारी गराएको हो ।

‘अब दैनिक यति नै संख्यामा उडान गर्ने भनि संख्या तोकिएन, चाहिने जति संख्या थप गर्न सक्ने अधिकार वायुसेवा कम्पनीलाई दियौं,’ प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने ।

उनका अनुसार उडान अनुमति माग्दा तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नुपर्ने छ । अर्कोतर्फ हरेक जिल्लाका स्थानीय प्रशासनबाट तोकेका शर्त र मापदण्डसमेत हवाई सेवा कम्पनी र यात्रुले पालना गर्नुपर्नेछ ।

यसअघि सरकारले १ जुलाईबाट उडान खोल्ने निर्णय गरेको थियो । ५० प्रतिशत उडान खोल्दा यात्रुको चाप नथेग्ने र यसले भाडा समेत महंगो हुने कम्पनीहरुको गुनासो थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा