Lite Nepal

शुक्रबार, आषाढ २५, २०७८

विराटनगर । भारतकाे उत्तर प्रदेशमा कोरोना भाइरसको कप्पा भेरियन्ट (बी.१.६१७.१) फेला परेको छ। उत्तर प्रदेश सरकारले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दुई जनामा यो भेरियन्ट फेला परेको जानकारी दिएको हो।

‘पछिल्लो दिनमा किङ्ग जर्ज मेडिकल कलेजमा १०९ नमूनाहरू परीक्षण गरिएको थियो। यी मध्ये १०७ नमूनामा डेल्टा प्लस र दुईमा कपा भेरियन्ट फेला पर्‍यो,’ विज्ञप्तिमा भनिएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार राज्यका अतिरिक्त मुख्य सचिव (स्वास्थ्य) अमित मोहन प्रसादले कप्पा भेरियन्टको पहिले पनि राज्यमा पत्ता लागेको दाबी गरेका छन्।

‘त्यहाँ चिन्ता लिने कुनै कुरा छैन। यसको उपचार गर्न सकिन्छ,’ उनले भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं