Lite Nepal

शुक्रबार, आषाढ २५, २०७८

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राई प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पतालले जनताको मन जित्न सफल भएको बताउनु भएको छ ।

कोभिड अस्पतालले सुविधा सम्पन्न सेवा दिएको उहाँले बताउनुभयो । निःशुल्क र विश्वसनीय सेवा दिएकै कारण कोभिड अस्पतालले जनताको मन जितेको मन्त्री राईले बताउनुभयो । आज अस्पतालको अनुगमन गर्दै सामाजिक विकास मन्त्री राईले प्रदेश १ सरकारले अन्य प्रदेश भन्दा पहिले व्यवस्थित रुपमा कोभिड अस्पताल सञ्चालन गरेको बताउनुभयो ।

उहाँले प्रदेश सरकारले कोभिड अस्पतालका लागि पर्याप्त जनशक्तिको प्रवन्ध गरिएको पनि बताउनुभयो । मन्त्री राईले आईसीयु, भेन्टिलेटरमा उपचाररत विरामीको अवस्थाबारे कन्ट्रोल रुमबाट जानकारी पनि लिनुभएको थियो ।

कोरोना संक्रमणको अन्त्यपछि कोभिड अस्पताललाई स्त्री रोग तथा प्रसुती अस्पताल बनाउने तयारी रहेको उहाँले बताउनुभयो । मन्त्री राईले भन्नुभयो,‘ प्रदेश सरकारले यसका लागि आवस्यक वजेटको पनि प्रवन्ध गरेको छ ।’ ९६ वटा वेड रहेको कोभिड अस्पतालमा आज ४१ जना उपचारत रहेको अस्पतालका संयोजक वैजनाथ साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार जनरल वेडमा ८, एचडियुमा १५ र आईसीयुमा १८ जना उपचाररत छन् । उहाँले पछिल्लो समय अस्पतालमा भर्ना हुने दर घट्दै गएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं