Lite Nepal

मंगलबार, आषाढ २९, २०७८

विराटनगर । प्रदेश १ मा आज ३९७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १५६, सुनसरीमा ११४, मोरङमा ९४, इलाम र धनकुटामा ७–७, ते¥हथुम र उदयपुरमा २–२, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोडमा ४७, मेचीनगर र कनकाईमा २५–२५, भद्रपुर र दमकमा १५–१५, अर्जुनधारामा १०, शिवसताक्षीमा ५, बुद्धशान्तिमा ४, बा¥हदशी र स्थानीय तह नखुलेका ३–३, हल्दिबारीमा २, गौरादह र कमल गाउँपालिकामा १–१, सुनसरीको धरानमा ७८, इटहरीमा ३०, बराहक्षेत्रमा ३, रामधुनीमा १ र स्थानीय तह नखुलेका २ जना, मोरङको विराटनगरमा ५२, केराबारीमा २१, उर्लाबारीमा ६, सुन्दरहरैचामा ५, कटहरीमा ३, रतुवामाई र पथरीशनिश्चरेमा २–२, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ७, धनकुटाको धनकुटा नगरपालिकामा ४, पाख्रिबासमा १ र स्थानीय तह नखुलेका २, ते¥हथुममा २, उदयपुरको चौदण्डीगढी र उदयपुरगढीमा १–१, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या ७६ हजार १८९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ५०६ रहेको छ । प्रदेश १ मा आज ३३८ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १५४ महिला र १८४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६९ हजार २९२ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ३४६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २२८ महिला र १६९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा