Lite Nepal

बिहिबार, मंसिर १६, २०७८

काठमाडौं । पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट छिमेकी देश भारतसहित अन्य देशहरूमा देखिएसँगै नेपालमा पनि यसको जोखिम बढेको छ । यही जोखिमलाई मध्यनजर गरी सरकारले विभिन्न ९ देशबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार (आज) बसेको बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाबे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

यो व्यवस्था शुक्रबार राति १२ बजेदेखि लागु हुने बताइएको छ । यसअघि यी मुलुकबाट नेपालतर्फ आउँदै गरेकाहरूले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था लागु गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा