Lite Nepal

मंगलबार, बैशाख ११, २०८१

काठमाडौं – नेपाल सरकारका पूर्व सचिव हुन् भीम उपाध्यय । उनी आफूलाई सामाजिक अभियन्ता पनि भन्छन् । सामाजिक सञ्जालमा सामाजिक, राजनीतिक र समसामहिक कुरा लेखिरहने उनको पोस्टमा कमेन्ट र रियाक्ट पनि धेरै नै हुन्छ । तर, उनका अधिकांश पोस्ट्मा तथ्य सूचना हुँदै मिथ्या जानकारी दिइरहेका प्रसस्त उदाहरण भेटिन्छ । यसै मध्ये एक हो पछिल्लो दुईवटा फोटो हालेर लेखेको पोस्ट ।

उनले पहाडको कच्चि बाटोमा धुलो उडाउँदै हिँडेको गाडीको दुई वटा फोटो राख्दै लेखेका छन्, ‘इलामको हाईवे’ । तर, यो सडक इलामको नभई ताप्लेजुङको हो । उनको यो पोस्ट् इलाममा हुन लागेको निर्वाचनलाई लक्षित गरेर लेखेको बुझ्न सकिन्छ ।

तर, यसरी पोस्ट् गर्दा नेपाल सरकारका पूर्व सचिव समेत भइसकेका उनले सामान्य जानकारी पनि नलिएर मिथ्या भ्रम फैलाएको प्रष्ट हुन्छ । यो सडक ताप्लेजुङको फुङ्लिङ नगरपालिका क्षेत्रमा पर्छ । उक्त सडकलाई बहानन्दे–दोभान सडक खण्ड भनिन्छ । र, सो सडक निर्माणको काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा