Lite Nepal

शनिबार, साउन ०७, २०७९

बीबीसी – विश्वव्यापी रूपमा मंकीपक्स फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले संसारभर स्वास्थ्य आपत्काल घोषणा गरेको छ । शनिबार बसेको डब्लूएचओको इमर्जेन्सी कमिटीको बैठकले स्वास्थ्य आपत्काल घोषणा गर्ने निर्णय गरेको हो ।

बैठकपछि डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले पत्रकार सम्मेलन गरी स्वास्थ्य आपत्काल घोषणा गरिएको जनाएका छन् । अहिलेसम्म संसारका ७५ देशका १६ हजार मानिसमा मंकीपक्सको संक्रमण देखिएको छ । त्यस्तै, यसको संक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ ।

डब्लूएचओले संसारभर स्वास्थ्य आपत्काल घोषणा गरेको यो तेस्रो पटक हो । कोरोनाभाइरसको महामारीमा दुई वर्षअघि स्वास्थ्य आपत्काल घोषणा गरिएको थियो । त्यसअघि पोलिओको महामारी फैलिंदा पनि डब्लूएचओले स्वास्थ्य आपत्काल घोषणा गरेको थियो ।

डब्लूएचओले मंकीपक्स संसारका सबै क्षेत्रमा फैलिएको जनाएको छ । डा. टेड्रोसले भने, ‘डब्लूएचओको मूल्यांकनमा मंकीपक्सको जोखिम विश्वव्यापी रुपमा र मध्यम किसिमको छ । युरोपमा भने यसको जोखिम उच्च आंकलन गरिएको छ ।’

स्वास्थ्य आपतकाल घोषणाले यसको संक्रमण फैलिनबाट रोक्न सहयोग पुग्ने उनको विश्वास छ । यससँगै यस विरुद्धको खोप उत्पादन गर्न पनि सहायक हुने डा. टेड्रोसको भनाइ छ । यसको संक्रमण फैलिन नदिन कदम चाल्नुपर्ने उनले बताए । ‘यो एक प्रकोप हो । यसलाई सही रणनीति अपनाएर रोक्न सकिन्छ,’ उनले भने । मंकीपक्स सबभन्दा पहिले सन् १९५० मा मध्य–अफ्रिकामा देखिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा