Lite Nepal

बुधबार, पौष २०, २०७९

काठमाडौँ – आज भन्दा दुई दशकअघि अमेरिकामा प्रकाशित फिल्म निर्देशनसम्बन्धी पुस्तक ‘‘डाइरेक्टिङ फिचर फिल्म्स’को नेपाली अनुवाद प्रकाशन भएको छ । ‘महानगर’ फिल्मनिर्देशक मोहन राई अनुदित पुस्तकको शुक्रबार अभि सुवेदी, जोएलहिबोनेट, नविन सुब्बा, सुस्मा राईले संयुक्त रुपमाविमोचन गरे ।

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै युरोपियन युनियनकी उपराजदूत हिबोनेटले फिल्म सञ्चारको सशक्त माध्यम भएको बताउँदै पुस्तक प्रकाशनले यो माध्यमको शक्तिलाई थप प्रभावशाली बनाउन मद्दत गर्ने धारणा राखेकी थिइन् ।

‘युरोपियन युनियनले पनि फिल्मको माध्यमलाई महसुस गरी नेपालमा युरोपियन फिल्म फेस्टिभल गरिरहेको छ । यस्ता किताबको प्रकाशनले नेपाली फिल्मकर्मीलाई थपप्रतिस्पर्धी सिनेमा बनाउन मद्दत गर्छ भन्ने विश्वास छ,’ उनले भनिन् ।

यसैगरी पुस्तक प्रकाशक मिडलवे फिल्मस् कि प्रमोटर सुस्मा राईले मोहन राई आफ्नो भाइभएको र उसले फिल्म निर्माणसँगै यसको प्राज्ञिक काममा योगदान गरिरहेको देख्दा असाध्यै खुसी लागेको बताएकी थिइन् । ‘मैले किताब पढ्न पाएको छैन किनकि हिजो मात्र गाउँबाट फर्किएँ । तर मोहनले अनुवाद गरेको यो पुस्तकले हामी जस्ता सरकारी स्कुल पढेर अंग्रेजी भाषा बुझ्न संघर्ष गरिरहेकालाई मद्दत गर्छ भन्ने ठानेकी छु,’ उनले भनिन् ।

निर्देशक नविन सुब्बाले निर्देशन सम्बन्धी आफूले पढेका किताबमध्ये आफूलाई मन परेको किताब मोहन राईले अनुवाद गरेकोमा आफूलाई ईष्र्या लागेको बताउँदै यो किताब अगाडि राखेर मात्र पनि फिल्मनिर्देशन गर्ने हो भने अहिले बनिरहे भन्दा उत्कृष्ट नेपाली फिल्म बनाउन सकिने धारणा राखेका थिए ।

‘हामी आर्ट सेक्टरमाकाम गर्ने मान्छे पढ्ने कुरामा रुची राख्दैनौँ । जन्मजात प्रतिभा लिएर आएका छौँ । मैले किनअरुको कुरा पढ्ने, सिक्ने भन्ने सोच छ । तर विश्वमा धेरै राम्रा राम्रा काम भइरहेका छन् । यो पुस्तक त्यस्ता धेरै राम्रा कामहरूको संश्लेषण हो ’ उनले भने, ‘ जानेको कुरालाई झन् तिखार्नुपर्छ । यसरी तिखार्नेकाम यस्तै पुस्तकले गर्छन् ।’

उनले पुस्तकदुई दशकअघि प्रकाशनअघि भएकाले पछिल्लो समयको ज्ञान यसमा नसमेटिए पनि अनुदित किताब हरेक फिल्मकर्मीको ‘बुकसेल्फ’माहुनैपर्ने किताब रहेको जिकिर गरेका थिए ।

मोहन राईले दिग्गज फिल्मकर्मीसँगको अन्तर्वार्तामा आधारित ‘जक्स्टापोजिसन’प्रकाशन गरेका छन् । धेरै वर्षपहिले सार्वजनिक यो पुस्तक सार्वजनिकीकरणमा पनिवक्ता रहेका लेखक अभि सुवेदीले मोहन राई आफ्नो प्रिय शिष्य मध्ये एक रहेको बताउँदै मोहनको सक्रियता लोभ लाग्दो रहेको बताएका थिए । उनले किताबको अनुवादमा अलि क्लिष्ट शब्द प्रयोग भएपनि किताब फिल्मका लागि मात्र नभएर थिएटरका लागि पनि उत्तिकै उपयोगी रहेको बताएका थिए ।

‘यो किताबफिचर फिल्मनिर्देशनमा केन्द्रितभएपनिमलाई यो किताबमा मन परेको कुरा के हो भने यसले सहकार्यको कुरामा जोड दिएको छ । जस्तो कि अहिले थिएटर र सिनेमामा यस्तो अभ्यास देख्न सकिन्छ,’ उनले भने, ‘थिएटरका मान्छे फिल्ममागइरहेका छन् र फिल्मका मान्छे थिएटर गर्न इच्छुक छन् । यो किताबमात्यस्ता कुराहरू सम्बोधितभएका छन् । यो मलाई राम्रो लाग्यो ।’

अनुवादक मोहन राईले आफूले सात–आठ वर्ष अगाडिदेखि यो पुस्तकमा काम गरिरहेको बताए पनि विविध कारणले ढिलो भएको बताएका थिए । आफू यस्ता प्राज्ञिक काम निःशुल्कगर्न तयार रहे पनि यसमा संस्थागत संलग्नताको खाँचो रहेको बताएकाथिए ।‘म त निःशुल्कपनि यस्ता काम गर्न तयार छु । तर एक जनाले मात्र गरेर यो सम्भव हुन्छ जस्तो लाग्दैन । मैले मेरो अघिल्लो पुस्तक पनि प्रकाशनका लागि चलचित्रविकास बोर्ड धाएँ । तर ठोस उपलब्धि नभएपछि आफैँ प्रकाशन गर्न कस्सिएको हुँ,’उनको भनाइ थियो । कार्यक्रममा लेखक मार्क ट्राभिसले पनि मोहन राईलाई अनुवादका लागि भिडियो सन्देशमार्फत् शुभकामना दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा