Lite Nepal

बुधबार, आषाढ १७, २०८३

विराटनगर । कोशी प्रदेश सरकारले अनलाइनबाट नै सवारीसाधनको कर तिरेर ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था गरेको छ ।

आर्थिक ऐन, २०८३ जारी गर्दै सवारी कर भुक्तानीमा सेवाग्राहीलाई राहत दिन ब्लुबुक अनलाईनबाटै नवीकरण गर्नसकिने बनाएको हो ।

यस अघि यस्तो नियम बागमती प्रदेशमा मात्रै थियो ।

कोशी प्रदेश सरकारको आर्थिक ऐनअनुसार, कुनै पनि सवारी धनीले तोकिएको म्यादभित्र राजस्व पोर्टल वा अनलाइन माध्यमबाट सवारी साधन कर भुक्तानी गरेको छ तर दर्ता किताब (ब्लुबुक) भौतिक रूपमा नवीकरण गराउन भ्याएको छैन भने त्यस्तो अवस्थामा सवारी साधन करमा कुनै जरिबाना लाग्ने छैन ।

यद्यपि, नवीकरण दस्तुरको हकमा भने तोकिए बमोजिमको जरिबाना लाग्न सक्ने बताइएको छ ।

यसले अनलाइनबाट समयमै कर तिर्ने सेवाग्राहीलाई कर जरिबानाबाट ठुलो राहत दिएको छ भने प्रविधिको प्रयोगलाई थप बढावा दिएको छ ।

बागमती प्रदेशले भने अनलाइनबाटै सवारी कर तिरे यातायात कार्यालय गएर ब्लुबुक नवीकरण गराउनु नपर्ने व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं