Lite Nepal

आइतबार, पुष २४, २०७९

विराटनगर – नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । ६० जना सांसदको समर्थनसहित उनी प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।

प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समय आज बेलुका ५ बजेबाट सकिदैछ । समय सकिन भन्दा एक घण्टा अगाडि उनी मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् । नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको उनलाई समर्थन छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । नेकपा एमालेको ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ गरी सत्तारुढ दलसँग ६० जना सांसद छन् ।

प्रतिपक्षमा रहेकाे नेपाली कांग्रेसको २९ र नेकपा एकीकृत समाजवादीको ४ सिट छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं