Lite Nepal

सोमबार, पुष २५, २०७९

विराटनगर – प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीको सपथ ग्रहण आज हुने भएको छ। विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयका अनुसार सोमबार दिउँसो २ बजेका लागि सपथ ग्रहणको कार्यक्रम राखिएको छ।

नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको समर्थनसहित आइतबार मुख्यमन्त्री बनेका कार्कीले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्। सत्ता साझेदार दलहरूलाई समेटेर सानो आकारको मन्त्रिमण्डल विस्तारको तयारी रहेको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए। आज एमालेबाट २, माओवादीबाट १ र राप्रपाबाट १ जनाले प्रदेश सरकारको मन्त्रीको रुपमा सपथ लिने उनले बताए।

एमालेबाट आज नै मन्त्री बन्नेहरुमा ताप्लेजुङका तिलकुमार मेन्याङ्बो र सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी रहेका छन्। माओवादी केन्द्रबाट दुर्गाप्रसाद चापागाई र राप्रपाबाट संसदीय दलका नेता भक्तिप्रसाद सिटौला सरकारमा जाने तयारी रहेको बताईएको छ।

हालसम्म प्राप्त जानकारी अनुसार नवनियुक्त मुख्यमन्त्री कार्कीले हाल कायम रहेको मन्त्रालयको संख्यामा पनि फेरबदल गर्ने तयारी गरेका छन्। त्यसको गृहकार्य सुरु भइसकेको स्वयंम् उनले बताएका छन्। हाल कायम रहेको १३ मन्त्रालयलाई ९ वा ११ वटामा झारिने उनले जानकारी दिएका छन्।

प्राप्त जानकारी अनुसार प्रदेशमा ९ मन्त्रालय रहे माओवादी केन्द्रले ३, राप्रपाले १ र एमालेले ५ मन्त्रालय राख्ने तयारी गरेको छ। ११ मन्त्रालय रहँदा एमालेले ६ माओवादीले ३ र राप्रपालाई २ मन्त्रालय दिने तयारी छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं