Lite Nepal

शुक्रबार, पुष २९, २०७९

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत आज लिने भएका छन्। प्रदेशसभाको दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका हुन्।

नेपालको संविधान २०७२ को धारा १६८ (४) मा मुख्यमन्त्री नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। गएको पौष २४ गते ६० जना सांसदहरुको समर्थनमा उनी प्रदेश १ सरकारको मुख्यमन्त्री नियुक्त भएका थिए।

नेकपा एमाले संसदीय दलका नेता कार्कीलाई एमालेसहित माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थन छ। ९३ सदस्यीय प्रदेश सभामा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ गरि ६० सांसद छन्। प्रतिपक्षमा भने नेपाली काँग्रेसका २९ र एकीकृत समाजवादीका ४ सांसद छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं