Lite Nepal

शुक्रबार, पौष २९, २०७९

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत आज लिने भएका छन्। प्रदेशसभाको दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका हुन्।

नेपालको संविधान २०७२ को धारा १६८ (४) मा मुख्यमन्त्री नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। गएको पौष २४ गते ६० जना सांसदहरुको समर्थनमा उनी प्रदेश १ सरकारको मुख्यमन्त्री नियुक्त भएका थिए।

नेकपा एमाले संसदीय दलका नेता कार्कीलाई एमालेसहित माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थन छ। ९३ सदस्यीय प्रदेश सभामा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ गरि ६० सांसद छन्। प्रतिपक्षमा भने नेपाली काँग्रेसका २९ र एकीकृत समाजवादीका ४ सांसद छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा