Lite Nepal

बिहिबार, माघ ०५, २०७९

माेरङ- कृषिमा आधारित रहेर प्रदेश १ मा पाँच महिने एक्सिलेटर कार्यक्रम सञ्चालन हुने भएको छ।

विराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनका क्रममा प्रदेश १ उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं केन्द्रीय सदस्य राजेन्द्र राउतले कृषि क्षेत्रलाई विकास र गुणस्तरयोग्य बनाउन सबैको पहल आवश्यक हुने बताए।

प्रदेश १ को लगानी प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ सँगको सहकार्यमा सुरु हुने अध्यान्त एस्किलेटर कार्यक्रमले कृषि क्षेत्रमा संलग्न उद्यमीको क्षमता वृद्धि गर्ने, लगानी पहुँच विस्तार गर्ने लक्ष्य राखेको राउतले जानकारी दिए।

औद्योगिकरणसँगै कृषि क्षेत्रमा सम्भावना रहेको बताउँदै उनले सम्भावना बोकेका कृषि उद्यमीहरूको विज्ञ तथा उद्योगी समुदायसँग सम्बन्ध विस्तार गर्ने उद्देश्य लिएको प्रष्ट पारे।

कार्यक्रममा अध्यान्तका संस्थापक मनोज पौडेलले कृषि क्षेत्रमा लागि परेका उद्यमीका लागि आयोजनाले आवश्यक साम्रगी, व्यवसायिक परामर्श, लगानी, लगायतका कुरामा सहजीकरण गर्ने जानकारी दिए।

पहिलो चरणको पाँच महिनाको कार्यक्रममा इच्छुक निवेदकहरूबाट १० वटा उद्यम चयन गरिने पौडेलकाे भनाइ छ।

सबै उद्यमको अवस्था हेरिकन संस्थाले २० देखि ५ करोडसम्मको लगानी गर्नसक्नेछ।

यसक्रममा सबै १० उद्यमीलाई १२ सातासम्म पूँजी, बजार पहुँच, प्राविधिक र आन्तरिक चुनौति केन्द्रित परामर्श प्रदान गरिने पौडेलले बताए ।

पौडेलले उद्यमशीलता प्रवर्धनमा काम गरिरहेका विभिन्न सरोकारवालाहरूले एक आपसमा गर्ने अन्तक्रिया र सहकार्यको तरिकामा परिवर्तन ल्याउने विश्वास लिए।

पहिलो चरणमा सरकारी र निजी क्षेत्रले कृषि क्षेत्रमा करिब ५० करोड रुपैयाँ बढी लगानी गर्ने उनको भनाइ छ।

त्यसैगरी, दोस्रो चरणमा पर्यटन क्षेत्रमा लगानी गर्न सरकारी र निजी क्षेत्र तयार अवस्थामा रहका छन्।

कार्यक्रममा प्रदेश १ लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालाले कृषि क्षेत्रमा निर्भर भए पनि करिब २ खर्बको आयात हुने विडम्बना भएको बताए।

कृषि उद्यमका क्षेत्रमा क्रियाशीलहरूले माघ ४ गतेदेखि १८ गतेसम्म आवेदन दिन सक्ने छन्। अनलाइनमार्फत् वा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र तोकिएका अन्य स्थानबाट समेत इच्छुकलाई आवेदन दिने सुविधा दिइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा