Lite Nepal

शुक्रबार, माघ ०६, २०७९

काठमाडाैं – सभामुख देवराज घिमिरेले आफू नेकपा (एमाले)सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग रहेको बताउनुभएको छ ।

नवनिर्वाचित सभामुख घिमिरेले आज प्रेस विज्ञप्ति जारी गरी स्वतन्त्र र निष्पक्षरूपमा काम गर्नका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताउनुभएको हो ।

विज्ञप्तिमा भनिएको छ, “मिति २०७९ साल माघ पाँचमा म प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्षरूपमा निर्वाह गर्नका लागि एमालेको पार्टी सदस्यता र पार्टीसम्बद्ध सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदछु ।”

बिहीबार भएको निर्वाचनमा घिमिरेको पक्षमा १६७ मत प्राप्त भएको थियो भने विपक्षमा १०० मत परेको थियो । निर्वाचनमा एक जनाले भने मत दिनुभएको थिएन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा