Lite Nepal

शनिबार, माघ ०७, २०७९

काठमाडाैं – प्रतिनिसभाको आजको बैठकको प्रारम्भमै नेपाली कांग्रेसका रामहरि खतिवडाले समय मागेर बोल्दै गृह मन्त्रालयबाट शुक्रबार जारी प्रेस विज्ञप्तिबारे सदनको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, “अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति जारी गर्ने परिपाटी गलत छ, त्यसलाई सच्याइनुपर्छ, हरेक घटनाका अपराधीलाई पक्राउ गर्न प्रेस विज्ञप्ति नै जारी गर्नुपर्ने स्थिति आउन दिन हुन्न, यो ठीक पनि होइन ।”

प्रेस विज्ञप्ति निकालेर अपराधी खोजी गर्नु चिन्ताको विषय बनेको उल्लेख गर्दै उहाँले गृहमन्त्रीको मौखिक निर्देशन मातहतका निकायले बेवास्ता गरेको त होइन भनी प्रश्न गर्नुभयो ।

सांसद खतिवडाले उक्त विषयमा सभामुखबाट रुलिङको माग गर्नुभयो । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले धादिङका चेपाङ समुदायलाई परेको अप्ठेराबारे सदनको ध्यानाकर्षण गराउदै स्वदेशी उद्योग प्रवद्र्धन गर्न सरकारको ध्यान जाओस् भन्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा