Lite Nepal

शनिबार, माघ १४, २०७९

काठमाडौं – नेकपा (एमाले) ले आज शहीद स्मृति कार्यक्रम आयोजना गरेको छ। जहानियाँ राणा शासन अन्त्यका लागि शहादत प्राप्त गरेका वीर शहीदहरूको सम्मानमा तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आज शहीद स्मृति दिवस मनाउन लागिएको एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिए।

उनका अनुसार वि.सं. १९९७ मा शहादत प्राप्त गरेका शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द र गंगालालप्रति सम्मान प्रकटगर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरी शहीद दिवस मनाउन लागिएको हो । कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी हुनेछन्।

शहीदहरूको सम्झना र सम्मानमा सरकारले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउँदै आएको छ । शहीदको बलिदानीबाट नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको, संविधानसभाले संविधान जारी गरेर नेपालीलाई अधिकार सम्पन्न बनाएको उल्लेख गर्दै एमालेले नेपालको राजनीतिक, सामाजिक, न्यायिक अधिकार प्राप्तिका लागि शहीदले गरेको बलिदानीको स्मरण गर्न लागेको हो । सुखी नेपाली, समृद्ध नेपाल’ को लक्ष्य प्राप्त गर्नु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने एमालेले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा