Lite Nepal

आइतबार, माघ १५, २०७९

काठमाडौं – काठमाडौंमा स्वदेशी र विदेशी ब्राण्डका मदिराको नाममा नक्कली मदिरा बिक्री हुने गरेको खुलेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्क्ली मदिरा उत्पादन र बिक्रीमा संलग्नको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ललितपुरको कुपण्डोलको नेक्स्ट टेस्ट लिक्विर नामक मदिरा पसलका सञ्चालक दोलखाका निरज उप्रेती, गोंगबुको मित्रनगरको एसटी लिक्विर स्टोरका सञ्चालक स्याङ्जाका धर्मी पौडेल र सिन्धुली घर भई ललितपुरको टिकाथली बस्ने गणेशबहादुर रानामगरलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाह?लाई आइतबार सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोज केसीले कारखानाबाट नक्कली मदिरा र मदिरा बनाउन प्रयोग गर्ने केमिकल, विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका मदिराहरूको खालि बोतल, राजश्व अन्तर शुल्कको प्रयोग गरिएका स्टिकर तथा लेवलिङ एवं प्याकेजिङ गर्ने मेसिन लगायत अन्य विभिन्न सामग्रीहरू बरामद गरेको छ ।

प्रहरीले नक्कली गोल्डेन वाक ६ बोतल, ८८४८ भोड्का ४८ बोतल, मुगलान ४२० बोतल, २०२० एफल ३० बोतल, खुकुरी राम ९२ बोतल र ?स्लान भोड्का १३२ बोतल बरामद गरेको पनि बताए । उनले डबल ब्ल्याक, रेड लेबलसहितका विभिन्न बोतलह? पनि बरामद गरेको पनि जानकारी दिए ।

१३ माघमा प्रहरीले ललितपुरको कुपण्डोलस्थित नेक्स्ट टेस्ट लिक्विर स्टोरमा खानतलासी गरेको थियो । त्यहाँबाट प्रहरीले खुकुरी रम नामक रक्सीको नक्कली उत्पादन गरेको पाएको थियो । त्यसपछि प्रहरीले टीकाथलीमा नक्कली मदिरा उत्पादन भइरहेको जानकारी पाएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं