अजवी पौड्याल

मंगलबार, चैत्र १४, २०७९

‘संगीत सिक्नकै लागी म्याग्दीबाट काठमाडौ पसे म । दुख अभाव र लगावका कहानी अनगिन्ती छन् । पैसाका लागी डेढबर्षसम्म भुकृटिमण्डपमा बोरा बोके । काठमाडौ आएकैे दिन बसेको होटलमा ६ महिना भाडा माझे ’ कहानी सुनाइरहदा संगीतकार दिपक शर्मा केहि भावुक देखीए । केहीवेर शव्दविहिन बने । सायद यहि दुखलाई उन्न उनले मनैमनमा सुरिलो धुन बनाइसके होलान् । अरुका शव्दहरुलाई जिवन्त लय दिन र धुन भर्न खप्पीस छन् उनी । तर आफ्नै जीन्दगीको कहानी भन्न भने केहि हचकिए ।सायद लाग्दो हो उनलाई ‘मेरा सफलता मात्रै अन्यले देखुन् । दुख अभाव मै लिन्छु । मभित्रै लुकाउछु ।’
दिल भएनी फलाम
चट्ट माया दर्शन सलाम ।
अहिले युटुवमा ट्रेन्डिङमा छ यो गीत । गीतको शव्द राम्रो छ । उत्तिकै उत्कृष्ट छ संगीत र लय पनि । गीतको शव्दमा सास जोडेका हुन् संगीतकार दिपक शर्माले । शव्दलाई जीवन्त दिन संगीत भरेका हुन् शर्माले । यो मात्रै हैन दिपकले संगीत गरेका अक्सर गीत हिट हुन्छन् । बजारमा भाइरल संगीतकार भन्छन् उनलाई । उनले संगीत गरेका प्राय सवै गीतले चर्चा कमाउछन् ।
हुनत उनले सवै गीतलाई बराबर माया गर्देनन् । भन्छन्, कुनै गीतमा डेढ दुई घण्टामै संगीत भरेर सकिन्छ । कुनैमा एक महिनासम्म पनि पुरा गर्न सकिन्न । संगीत सिर्जना हो । जस्तोसुकै अवस्थामा सिर्जना गर्न सकिन्न । मलाई राम्रा लागेका कति धुनहरु रिजेक्ट भएका छन् । हजारौ धुनहरु यसै थुप्रिएर बसेका छन् ।
गीतले चर्चा कमाउन शव्द, संगीत, स्वर, निर्माण टिम, प्रचार सवै पक्ष उत्कृष्ट हुनपर्छ । उत्कृष्ट शव्दले निर्माण टिम राम्रो पाएन भने शव्दको मर्म मर्छ ।


दीपक भन्छन्, ‘बजारमा धेरै उत्कृष्ट शव्दहरु मरेका छन् । धेरै मिठा धुनहरु गुमनाम छन् । क्षमता भएका धेरै संभावनाहरु गायव भएका छन् । भाइरल हुन गाह्रो छैन । तर सदैव दर्शक श्रोताको मनमा रहिरहने गीत बनाउन, सम्झीरहने क्षमता बनाउन भने लगाव हुनैपर्छ । केहि बर्ष अभावका दिन भोग्नैपर्छ ।’
२०६२ सालदेखी नेपाली संगीतमा सक्रिय शर्माले १५ सय बढि गीतमा संगीत भरेका छन् । उनले संगीत भरेका ३ दर्जन बढि गीतले निकै चर्चा कमाए । संगीत क्षेत्रमा आएर उनले चुपचाप काम गरिरहेका छन् । पर्ख पर्ख मायालु होस्, देखन चम्चा, पहिलो नम्वरमा, पिरिम नलाउने, सिल्की कपाल, अर्को जुनी खै कुन्नी, पछि पछि लाएर, जिन्दगीकै सवाल, बालखैमा दिल बस्यो, तिम्रा डोला डोला आखा लगायतका गीत निकै चर्चित छन् । संगीत क्षेत्रमा लागेर उनले विभिन्न अर्वाड र सम्मान समेत प्राप्त गरेका छन् । जनसेवा श्री पदक, मिलाप राष्ट्रिय व्यत्तित्व सम्मान, धौलागीरी युवा सम्मान, राष्ट्रिय व्यत्तित्व तथा सष्ट्रा सम्मान, वेस्ट म्युजीक कम्पोजर लगायतका अनेक सम्मान प्राप्त गरेका छन् ।
उनी भन्छन, ‘म संगीत भर्नकै लागी जन्मिएको हु । म्याग्दीको विकट गाउमा जन्मिएको म । १० कक्षा पास गर्नासाथ घरको जिम्मेवारी टाउकोमा थियो । बाबाआमा विरामी अनि म घरको जेठो सन्तान । म घर छाडेर हिड्दा शहरमा कसरी बाच्ने भन्ने मात्रै थिएन । मासिक रुपमा घरमा खर्च पठाउनपर्ने जिम्मेवारी पनि थियो । म्यादीबाट काठमाडौ आएर सुन्धाराको एक होटलमा बसेका उनी त्यहा तिर्ने पैसा नभएर होटलमा नै भाडा माझ्ने काम गरेका थिए । यो काम उनले ६ महिनासम्म निरन्तर गरे ।
करिव डेढ बर्ष सम्म त भृकृटीमण्डपमा साझ विहान बोरा बोक्ने काम समेत गरेको थिए उनले । उनी भन्छन्, विहान साझ भात खाने पैसा थिएन् । भारी वोकेको पैसा छिटो आउथ्यो । यसैले पनि भृकुटिमण्डपका पसलेहरुको सामान ल्याउने र पुराउने काम गर्थे । यस्तै दुखले मलाई संगीतको स्वाद पिलाएको हो । म गर्वका साथ भन्छु, हो मलाई अभावले संगीतकार बनाएको हो ।
उनले ललितकला क्याम्पसमा संगीत पढेका हुन् । अनामनगरमा रहेको श्रुती संगीत विद्यालयमा लामो समय संगीत सिके । संगीत गुरु नरहरी प्रेमी उनका संगीत गुरु । उनी भन्छन्, ‘श्रुती संगीत विद्यालयमा संगीत सिक्नु मेरो जीवनकै स्वणीम समय थियो । कोठा लिएर छुट्टै बस्ने पैसा थिएन । यसैले पनि विद्यालयकै सोफामा रात विताउथे । रातभर हार्मोनियम र गितार बजाउथे । रातभर बसेर गीतका धुन सिक्थे । पुराना गीतका क्यासेट निकालेर धुन र लय सुन्थे । धेरै सिक्न पाएको त्यो समय मेरो जिवनकै टर्निङ पोइन्ट हो ।
शर्माले संगीत शिक्षक राम सिटौला, गुरुदेव कामत, किसोर गुरुङ, राजकुमार मालाकारसंग संगीत सिकेका हुन् । उनी भन्छन्, म एक संगीतको सिकारु मात्रै । सिकेरै नसकीने असिमित भण्डार हो संगीत । जसमा केहि बुद मात्रै टिप्न सकेको छु म ।
अनेक गीतमा धुन भर्दा भदै उनी धेरैपटक प्रेममा परे । कहिले एकतर्फि त कहिले मनमनै । हुनत सिर्जना गर्ने सर्जकको मन कतिवेला कहाँ पुग्छ टुंगो हुदैन । यस्तै कसैको गीतको शव्दमा त कसैको बानी व्यवहारले तानिइरहेका हुन्छन् दिपक । भन्छन्, प्रेमको कुनै बन्देज छैन । यँहा जसले जसलाई पनि प्रेम गर्न पाइन्छ । एउटा दायरामा राखेर गरिने प्रेमले सुखद अनुभुति दिन्छ ।

उनले आधुनिक गीतमा मात्रै हैन, लोक दोहोरी, लोकपप, आधुनिक , फिल्म लगायत अनेक गीतमा संगीत भरेका छन् । संगीत भरेरै सवथोक पाएको छु भन्ने शर्मा मेहनतको फल निकै मिठो हुने बताउछन् । संगीतले मलाई नयाँ जीवन दियो । नयाँ पहिचान दियो । अन्य पेशामा लागेको भए यति खुसि नहुन पनि सक्थे । अहिले म आफ्नो पहिचानमा खुसि नै छु । संगीत क्षेत्रमा चुनौती नभएको हैन, तर धैय गर्न सक्ने र मेहनत गर्नेले सफलता प्राप्त गर्न सकीन्छ । संगीत भर्दा मेरा मनहरु नथाकुन, हार्मोनियमका किवोर्ड चलाउदा चदाउदै म जीवन विताउन पाउँ ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं