Lite Nepal

बुधबार, आषाढ १२, २०८१

कलैया– जिल्लाका किसानले यस वर्ष १४ हजार चार सय ९० हेक्टर जमिनमा हिउँदे र बर्खे मकैखेती गरी ८६ हजार छ सय ९५ मेट्रिकटन उत्पादन गरेका छन् ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार पाँच हजार आठ सय ६० क्षेत्रफलमा हिउँदे मकैखेती गरेर ३७ हजार पाँच सय चार मेट्रिकटन उत्पादन भएको हो । यसैगरी, आठ हजार ६ सय ३० हेक्टरमा गरिएको बर्खेमकैबाट ४९ हजार एक सय ९१ मेट्रिकटन उत्पादन भएको छ ।

गत वर्ष किसानले हिउँदे मकै पाँच हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरी ३७ हजार चार सय ४० मेट्रिकटन उत्पादन गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष अधिक जमिनमा खेती गरिएको भए पनि अपेक्षाकृत उत्पादन नभएको केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं