Lite Nepal

मंगलबार, फाल्गुण ०६, २०८१

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सडक निर्माणका लागि बजेट पर्ने, ठेक्का लाग्ने भएपनि कामले पूर्णता नपाएकोप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद नेम्वाङले आफ्नै निर्वाचन क्षेत्रका केही सडकमा भइरेहेको कामको विवरणबारे जानकारी गराउँदै ध्यानाकर्षण गराएका हुन् ।

‘बजेट पर्छ, ठेक्का लाग्छ तर कामले पूर्णता प्राप्त गर्न सक्दैन । त्यसकारण सम्मानित सदनले सुशासन स्थापित गर्न यथाशिघ्र सम्बन्धित निकाय र ठेक्कावालहरूलाई कामलाई पूर्णता दिन पहल गरोस् भन्ने माग पनि गर्न चाहन्छु,’ सांसद नेम्वाङले भनेका छन् । साथै, उनले सुशासनको कमजोरीका कारण विकास निर्माणका कामले पूर्णता लिन नसकेको र जनताले कष्ट भोग्नुपरेको जिकिर गरे ।

‘यस सम्मानित सदन जसलाई म सुशासनको मन्दिरको रुपमा लिन्छु । जहाँ जनताको समस्या उठाउने गरिन्छ । छिटोभन्दा छिटो समाधान पनि गर्न खोजिन्छ । तर, बिडम्बनाको विषय के छ भने, यो सुशासनको कमजोरीको कारण विकास निर्माणको कामले पूर्णता लिन नसक्दा जनताले कष्ट भोगिराख्नुपरेको छ,’ उनले भने ।

इलामको मेची राजमार्गअन्तर्गत पर्ने दमक, चिसापानी, नेपालटार, मंगलबारे लगायत थुप्रै सडक र पुल अलपत्र अवस्थामा रहेको भन्दै उनले त्यसबारे ध्यानाकर्षण गराएका हुन् ।

‘म इलामकै सन्दर्भ जोडेर कुरा गर्न चाहन्छु । मेची राजमार्ग अन्तर्गत राजदुवालीको बाटो केचना कञ्चनजंगाको सडक दमक, चिसापानी, नेपालटार, मंगलबारे लगायत थुप्रै बाटा र पुलहरू अलपत्र अवस्थामा छन् । अझ बर्खायाममा त जनताको जीवन थप कष्टकर बन्ने अनुमान गर्न सकिन्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं